१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ज्योतीपुञ्जका बालबालिकालाई पोशाक र स्टेशनरी


जनमञ्च संवाददाता
  • २७ माघ २०७९ , शुक्रबार

  • ज्योतीपुञ्जका बालबालिकालाई पोशाक र स्टेशनरी

    बागलुङ, २७ माघ– न्युन आय भएको समुदायमा रहेको एक बिद्यालयका बालबालिकालाई बागलुङ नगरपालिकाले बिद्यालय पोशाक तथा स्टेशनरी सामग्री उपलव्ध गराएको छ । बागलुङ नगरपालिका–७ मा रहेको ज्योतीपुञ्ज प्राथमिक विद्यालयका ४० जना विद्यार्थीको लागि बिद्यालय पोशाक र स्टेशनरी उपलव्ध गराईएको हो ।
    बिपन्न समुदायका बालबालिका धेरै रहेकाले बिद्यालयमा सहयोग गर्न समुदायस्तरबाटै पटक पटक माग भएपछि नगरपालिकाले बिद्यालयमा पुगेर सहयोग गरेको जनाएको छ । बागलुङ नगरपालिका शिक्षा शाखाको आयोजनामा बिद्यालयमा पुगेर नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सबै बिद्यार्थीका लागि पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री हस्तातरत्रण गरेका थिए ।
    सोही कार्यक्रममा सामाजिक अभियान्ता सुरेन्द्र गैरेले तीन जना बालबालिकालाई पोशाक तथा स्टेशनरी सहयोग गरेका थिए । बिभिन्न माध्यामबाट संकलित सहयोग रकमबाट गैरेले जेहेन्दार, विपन्न र सरसफाईमा उत्कृष्ट तीन जना बिद्यार्थीलाई सहयोग गरेका हुन् ।
    जेहेन्दार छात्रा आश्रीया गौतम, विपन्न परिवारका छात्र पारराज रेग्मी र सरसफाईमा उत्कृष्ट छात्र अभिषेक परियारलाई गैरेले सहयोग गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend