१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कम जनशक्तिबाट गुणात्मक प्रगति दिने एसपी खड्काको योजना


जनमञ्च संवाददाता
  • २८ माघ २०७९ , शनिबार

  • कम जनशक्तिबाट गुणात्मक प्रगति दिने एसपी खड्काको योजना
    ???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    बागलुङ, २८ माघ– लागुऔषध व्युरोबाट जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरिक्षक योगेन्द्र बहादुर खड्काले कम जनशक्तिबाट जिल्लाको शान्ति सुरक्षामा गणात्मक प्रगति दिने बताएका छन् ।
    शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा एसपी खड्काले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सरोकारवाला सबै पक्षसँग सहकार्य गर्ने बताए । ‘हामीले काम गर्ने समुदायका लागि हो, समुदायमा अरु धेरै सरोकारवाला हुनुहुन्छ उहाँहरु पनि यहीं समुदायको लागि काम गर्नुहुन्छ’ खड्काले भने ‘हामीले गर्ने अपराध अनुसन्धान लोक सेवा आयोगको परीक्षा जस्तै हो, पास भए परिणाम आउँछ, फेल भए परिणाम सुन्य हुन्छ ।’
    खड्काले आफु प्रहरी उपरीक्षक भएपछि पहिलो पटक जिल्लाको सुरक्षा व्यवस्थाको नेतृत्व पाएको भन्दै सिकाईसँगै काम कारवाही अघि बढाउने बताए । कालीगण्डकी नदिमा भइरहेको दोहन, गाउँ तथा बजारमा भइरहेको चोरी, जुवातास लगायतका घटनामा प्रहरी प्रशासन चनाखो बन्ने उनले बताए । खड्काले प्रहरी प्रशासनको नेतृत्व गर्ने ब्यक्ति दबाब, प्रभाव र अभावबाट मुक्त हुनुपर्ने भन्दै आँफु कुनै पनि दबाव र प्रभावमा नपर्ने बताए ।
    कार्यक्रमा सुचना अधिकारी गंगा बहादुर थापाले पत्रकारलाई सहि सुचना समयमै दिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रिया कार्यक्रम संचालन जिल्ला प्रहरी निरीक्षक भुपेन्द्र गिरीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend