१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

निर्माणाधिन स्वास्थ्यचौकी ७ वर्षदेखि अलपत्र


जनमञ्च संवाददाता
  • २८ माघ २०७९ , शनिबार

  • निर्माणाधिन स्वास्थ्यचौकी ७ वर्षदेखि अलपत्र

    बागलुङ, २७ माघ– नियमित काम नहुँदा २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित स्वास्थ्यचौकीको भवन ७ वर्षदेखि अलपत्र परेको छ ।
    ठेकेदारले काम अलपत्र पारेपनि सेवाग्राहीले सास्ती खेप्न बाध्य छन् । भवनसंगै स्थानीयको लाखौं रकमसमेत नतिरेपछि ठेकेदारविरुद्ध स्थानीय आक्रोशित छन् । स्वास्थ्यचौकी भवन रविना एन्ड कन्स्ट्रक्सन प्रालिले २०७२ मा ठेक्का लिएर अलपत्र छोडेको हो ।
    अलपत्र भवन हस्तान्तरण नहुँदै जीर्ण भइसकेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले ६ पटकसम्म म्याद थप गर्दा पनि काम पूरा नगरेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी प्रमुख सुनिता श्रेष्ठले बताइन् ।
    ‘हामीले पटक–पटक म्याद थप मात्र हैन काम सक्न पनि आग्रह गरेका छौं, तर ठेकेदार कम्पनीले सबै म्याद गुजा¥यो’ श्रेष्ठले थनिन्, ‘अन्तिम पटकको थप म्याद पनि सकियो । अब कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ श्रेष्ठका अनुसार, स्वास्थ्यचौकी भवनको रंगरोगन र केही झ्याल र ढोका राख्न बाँकी छ ।
    स्थानीय सरोकारवालाले पनि स्वास्थ्यचौकी भवन अलपत्र पार्नेलाई कारबाही गर्न सिफारिस गरेको वडा अध्यक्ष तिलबहादुर थापाले बताए । ठेकेदारले काम पूरा नगर्दा वर्षौंदेखि स्वास्थ्यकर्मी र बिरामीका आफन्तले यो सास्ती भोग्नुपरेको छ ।
    भवन अलपत्र परेकोमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले पनि चासो लिएको छ । ‘जनतालाई समेत धोका दिएर भवन अलपत्र पारेकाले भ्रष्टाचार मुद्दामा जाने तयारी गर्दै छौं’ निगरानी केन्द्रका संयोजक शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘नागरिकले भोगेको सास्तीले ठेकेदारको गम्भीर लापरबाही देखिन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend