८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

साहित्यका विधाका तीन श्रष्टा सम्मानित


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • साहित्यका विधाका तीन श्रष्टा सम्मानित

    बागलुङ, २९ माघ– नेपाली भाषा साहित्यको विकासमा सहयोग पु¥याउने तीन जना स्रष्टा सम्मानित भएका छन् ।
    धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार–२०७८ बाट ‘पटाक्षेप’ (उपन्यास)का लेखक टिका मिलन, ‘बम–सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र हिमलाल–मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेललाई सम्मान गरिएको हो ।
    पुरस्कृत टिकाराम घिमिरे इटहरी उपमहानगरपालिका–५ सुनसरी निवासी हुन् । उनलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । घिमिरेका राजवृक्षको हाँगो (कथा संग्रह) र पटाक्षेप (उपन्यास) प्रकाशित छन् ।
    साहित्यकार तुलसी जी पौडेल बागलुङ नगरपालिका–१३ पैँयुपाटा निवासी हुन् । निजामति सेवाका विशिष्ट श्रेणीमा कार्यरत पौडेलको बुद्ध बनेका सिद्धार्थलाई (कविता संगालो), नमरेको मृत्यु (कविता) संग्रह प्रकाशित छन् ।
    यस्तै, कविलवस्तु नगरपालिका–३ तिलौराकोट निवासी सकुन्तला ज्ञवाली पौडेलले संघर्ष कथा संग्रह, प्रवाह कविता संग्रहलगायतका साहित्यीक कृति प्रकाशन गरेकी छन् । पुरस्कृत तीनै जनालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खडका ‘विखर्चीले १०÷१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend