काठमाडौं, २९ माघ– शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । टर्कीमा मात्रै २४ हजार ६ सय २७ जना र सिरियामा तीन हजार, ५ सय ७५ जनाले ज्यान गुमाका छन् ।
मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्प पीडितलाई खाना तत्काल आवश्यक भएको बताएका छन् ।
टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । –एजेन्सीको सहयोगमा