बागलुङ, २९ माघ– फेब्रुअरी महिनाको १३ देखि १९ तारिखमा जापानमा हुने कराँते सेमिनार तथा खेलकुद प्रतियोगितामा सहभागी हुन बागलुङका एक खेलाडी तथा प्रशिक्षक जापान प्रस्थान गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजा सेमिनार तथा बिज्जल पाईजा प्रतियोगितामा सहभागी हुने शनिबार जापान प्रस्थान गरेका हुन् ।
प्रशिक्षक पाईजाले यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्न सफल भएका छन् । कार्यक्रमको व्यवस्थापनमा प्रदिप शाह रहेका छन् । खेलाडी तथा प्रशिक्षकलाई खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला)ले सफलताको शुभकामनासहित विदाई गरेका थिए ।