१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

राष्ट्रपति रनिङ शिल्ड गलकोट माबिलाई


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • राष्ट्रपति रनिङ शिल्ड गलकोट माबिलाई

    बागलुङ, २९ माघ– जिल्लाको गलकोट नगरपालिकाले आयोजना गरेको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गलकोट माबिले उचालेको छ ।
    चार दिनसम्म संचालित दर्जनबढी खेलकुँद समावेश भएको प्रतियोगितामा गलकोट माबिले ८ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्यो भने कांडेवासको जनजागृति माबि दोश्रो र गोल्डेन फ्युचर माबि तृतिय भएका छन् ।
    जनजागृतिले ५ स्वर्ण, ५ रजत र ३ कास्य तथा गोल्डेनले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको गलकोट नगरपालिका सामाजिक बिकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।
    प्रतियोगितामा सबैभन्दा आर्कषक रहेको छात्र तर्फको भलिबल प्रतियोगिता भने पृथ्वी माबि हरिचौरले जितेको छ । पृथ्वीले गलकोट माबिलाई ३–० को सेटमा जित हात पारेको नगर शिक्षा अधिकृत शिव खड्काले बताए ।
    खेलमा पृथ्वी माबिका किरण बिक बेष्ट प्लेयर, महेन्द्र माबिका राजु परियार बेस्ट स्पाइकर, गलकोट माबिका निखिल सुनार वेस्ट सेटर, पृथ्वी माबिका सन्जोक पुन वेस्ट सर्भर, प्रज्वल राना वेस्ट ब्लकर, बिक्रम श्रीष वेस्ट डिफेन्डर र मिलन सुनार बेस्टकोच घोषित भए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend