१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

पर्वतमा १४ औं चरणमा हात्तिपाइले विरुद्वको औषधि खुवाइने


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७९ , मंगलबार

  • पर्वतमा १४ औं चरणमा हात्तिपाइले विरुद्वको औषधि खुवाइने

    पर्वत, २ फागुन– जिल्लामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
    स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यसवर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिए । २०६४ बाट औषधि सेवनको थालनी गरिएको थियो ।
    स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तिपाइले रोगको निवारण हुन नसकेपछि यसवर्ष १४ औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने पौडेलले बताए ।
    औषधि लिएर गएका स्वास्थ्यकर्मीले हात हातमा औषधि लिने तर खाए÷नखाएको अनुगमन नहुँदा अभियान प्रभावकारी हुन नसकेको गुनासो आएको छ । सामान्यतः तीनदेखि पाँच चरणसम्म नियमित अभियान चलाएर निवारण गर्ने गरिएको भएपनि पर्वतमा भने १३ औं पटक खुवाउँदासमेत प्रभावहीन भएको हो ।
    हात्तिपाइले अभियानका सम्पर्क व्यक्ति तेजप्रसाद सुवेदीले हात्तिपाइले रोगको पूर्व परीक्षणमा ०.४ प्रतिशत जनसंख्यामा यस रोगको जीवाणु देखिएको हुनाले यसवर्ष अन्तिम चरणमा आम औषधि खुवाउन लागिएको जानकारी दिए ।
    गत मंसिरमा बढी जोखिम रहेको कुश्मा नगरपालिका–१ पाङमा ३ सय २० जनाको नमुना परीक्षण गरिएकोमा एक र बिहादी गाउँपालिका–२ बर्राचौरमा ३ सय १९ जनाको परीक्षण गर्दा एक जनामा जीवाणु भेटिएको थियो ।
    बागलुङमा उपभोक्ता मञ्चको हातेमालो
    राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले हात्तिपाइले रोग बिरुद्धको अभियानमा सबैलाई जुट्न आग्रह गरेको छ । सोमबार अपील जारी गर्दै ‘हात्तिपाइले रोग बिरुद्धको औषधि खाउँ, यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नारालाई पूर्णता दिन आग्रह समेत गरेको हो ।
    हात्तिपाइले रोगबिरुद्ध खुवाइने औषधिबारे आएका भ्रममा नपर्न मञ्चले सबै उपभोक्तालाई सचेत गराएको छ । हालसम्म यो औषधी सुरक्षित र भरपर्दो भएको र औषधि खाएपछि रोग सर्ने अबस्था नआउने भएकोले सबैले औषधि खानैपर्ने अपिलमा उल्लेख गरिएको छ ।
    फागुन १० गतेदेखि शुरु हुने अभियानमा सबै क्षेत्रले सकारात्मक सन्देश दिन सकेमा धेरैभन्दा धेरै जनताले औषधि सेवन गर्ने भएकोले सो बारे सबैको चासो बढाउनु पर्ने अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend