१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

भूकम्पले टर्की–सिरियामा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७९ , मंगलबार

  • भूकम्पले टर्की–सिरियामा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

    काठमाडौं, २ फागुन– टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।
    टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ । राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ ।
    अहिले पनि भग्नावशेषबाट धेरै मानिस जीवितै फेला परेका अचम्मका घटना सार्वजनिक भइरहेका छन् । यसैबीच, टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । –एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend