तस्बिर : सुन्दर कुमार थकाली
जोमसोम, ३ फागुन– मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ३ धम्पुमा दुर्घटना हँदा चार जना गंभीर घाइते भएका छन् । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को बस बुधबार बिहान धम्पुमा दुर्घटना भएको थियो ।
बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन् । अन्य यात्रु भने सामान्य घाइते छन् । बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालीगण्डकी नदीमा बस खसेको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विन्द्रनाथ पौडेलले जानकारी दिए ।
गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ पोडेलले बताए ।