बागलुङ, ३ फागुन– गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबलको उपाधि पुरुषतर्फ बागलुङ र महिलातर्फ म्याग्दीले जितेको छ ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल गरेका छन् ।