१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मालढुंगाको बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७९ , बिहिबार

  • मालढुंगाको बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

    बागलुङ, ४ फागुन– कालीगण्डकी नदी किनारका बस्ती जोखिममा परेपछि तटबन्ध निर्माण गर्न थालिएको छ । पर्वतको मालढुंगास्थित पक्की पुल क्षेत्रमा नदी कटानले बस्ती जोगिममा परेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले तटबन्ध निर्माण थालेको हो ।
    चालु आर्थिक वर्षमा मालढुंगाको तटीय बस्ती, मालढुंगा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन ९० लाख विनियोजन गरिएको छ । ६५ लाख खर्च गरी पक्की पर्खाल निर्माण गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।
    ‘जिल्लामा संघीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकार अन्तर्गतका २० योजना सञ्चालित छन्’, ओझाले भने । कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड, दरमखोला र गौदीखोलालगायतका नदीमा तटबन्ध गरिँदै आईएको छ ।
    कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ । चालु वर्षमा संघ र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेका छन् ।
    चालु आर्थिक वर्षमा नदी नियन्त्रणका लागि संघीय सरकारले दुई करोड ५० लाख र गण्डकी प्रदेश सरकारले दुई करोड ४७ लाख विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend