बागलुङ, ५ फागुन– शिवरात्रीको अवसर पारेर कपडा तथा फेन्सी व्यवसायी समितिले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिरमा सरसफाई गरेको छ । शिवरात्रीमा मेला लाग्ने भएकाले मन्दिरलाई सुन्दर र सफा बनाउनका लागि समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर सफा गरेको हो । समितिले शिवरात्रीमा गौरिधाम मन्दिर पुग्ने दर्शनार्थीका लागि निःशुल्क पिउने पानी उपलव्ध गराउने वचन दिएको छ । समितिका आजीवन सदस्य उमानाथ गौतमले शिवरात्रीको दिनका लागि आँफुले व्यक्तिगत रुपमा खानेपानी उपलव्ध गराउने बताए ।
सरसफाई कार्यक्रममा गौरिधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले कपडा तथा फेन्सी व्यवसायी समितिलाई धन्यवाद दिएका थिए । हरेक बर्ष मन्दिर परिसरमा सरसफाईको कार्यक्रम गरेर समितिले रचनात्मक काम गरेको बताए ।
समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्कीको स्वागत र द्वितीय उपाध्यक्ष गोविन्द सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।