१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

आज महाशिवरात्री पर्व मनाईदै


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७९ , शनिबार

  • आज महाशिवरात्री पर्व मनाईदै

    बागलुङ, ६ फागुन– फागुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री पर्व शनिबार मनाइँदै छ । पञ्चांग निर्णायक विकास समितिबाट सिफारिस पात्रोअनुसार साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहेपनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्री पर्व मनाउन लागिएको हो ।
    हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रीको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
    भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै, संहारका देवताका रूपमा पनि शिवको महिमा छ । भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend