बागलुङ, ६ फागुन– मालिका सेवा समाज बागलुङको आयोजनामा तीन जिल्लाका बिद्यार्थीबीच ‘समाज सुधारमा बिद्यार्थीको भूमिका र माध्यामिक तह स्तरीय प्रविधियु्क्त शिक्षा आजको आवस्यकता’ बिषयक वक्तृत्वकला सम्पन्न भएको छ ।
बागलुङ, पर्वत र म्याग्दीका गरी ५८ जना सहभागी प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्दै अबको शिक्षा प्रविधियुक्त र अनुसन्धानयुक्त हुनुपर्ने बताउनुभयो । पछिल्लो समय बालबालिकाले इन्टरनेटको माध्यमबाट धेरै कुरा सिकेपनि प्रस्तुतीकरणका लागि सार्वजनिक मञ्च तयार बन्नुपर्ने श्रेष्ठले धारणा राखे ।
समाजका अध्यक्ष जिवननाथ शर्माको अध्यक्षता, सचिव खडानन्द सापकोटाको संचालन र कार्यक्रम संयोजक प्रकाश केसीको स्वागतमा सम्पन्न कार्यक्रममा बालबालिकाले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उनीहरुले बिद्यार्थी जीवनको महत्व र प्रविधियुक्त शिक्षाको महत्वबारे खुलेर प्रस्तुतीकरण गरेका थिए ।
प्रतियोगितामा आधारभूततर्फ युएस एकेडेमीकी रोजिना थापा प्रथम, गणेश माबिका कुशल पौडेल द्वितिय र अमरआदर्श माबिकी प्रान्जल पौडेल तृतिय, माबितर्फको वक्तृत्वकलामा तितौरे माबिकी समीक्षा शर्मा प्रथम, फ्युचर ब्राइटर माबिकी निसु रायमाझी द्वितिय र धौलागिरि बोर्डिङ स्कुलकी दिक्षा थापा तृतिय भए । प्रतियोगितामा प्रथमलाई ३ हजार, द्वितियलाई २ हजार र तृतियलाई १ हजारसहित प्रमाणपत्र बितरण गरिएको थियो ।