बागलुङ, ७ फागुन– बागलुङ नगरपालिका वडा नं. ३ भलाटाकुरामा निर्मित शिवमन्दिरको महाशिवरात्री पर्वको अवसरमा उद्घाटन गरिएको छ ।
नवनिर्मित मन्दिरको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले धर्म संस्कृति र परम्पराको संरक्षणका लागि मन्दिर निर्माण महत्वपुर्ण रहेको बताए । उनले धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि बागलुङ नगरपालिकाले बिशेष प्राथमिकताका साथ काम गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बानपा–३ का वडा अध्यक्ष लक्ष्मण केसी सनि, पुर्व प्रदेश सांसद कोपिला बोहोरा र मुलपानी माबिका पुर्व प्रअ मेघराज पाण्डेले मन्तव्य व्यक्त गरेका थिए । शिवमन्दिर उपभोक्ता समितिका अध्यक्ष नरबहादुर किसानको अध्यक्षता, समाजसेवी विश्वनाथ रेग्मीको स्वागत र बिरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।