बागलुङ, ८ फागुन– नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका नवनिर्वाचित सभापति लगायत पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका छन् ।
गत माघ २७ र २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित सभापति जगन्नाथ आचार्य लगायत पदाधीकारी र सदस्यहरुले आइतबार पदस्थापनसहित सपथ ग्रहण गरेका हुन । निवर्तमान सभापति जब्वरबहादुर लामिछानेले वर्तमान सभापति आचार्यलाई र नवनिर्वाचित सभापति आचार्यले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराएका थियो ।
सो अवसरमा निवर्तमान सभापति जब्बरबहादुर लामिछाने र पुर्वसभापति विश्वनाथ रेग्मीले शुभकामना व्यक्त गर्दै मानविय भावनासहित जनताको सुखदुखमा काम गर्न आग्रह गरेका थिए । नवनिर्वाचित सभापति जगन्नाथ आचार्यले रेडक्रसको भुमिका र संस्थागत बिकासका लागि सबैसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्वता जनाएको सोसाइटीका मन्त्रि भवानी प्रसाद कँडेलले जानकारी दिए ।