१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

लामो दुरीको दौडमा ज्ञानदेवीले जगाएको आशा


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • लामो दुरीको दौडमा ज्ञानदेवीले जगाएको आशा

    बागलुङ, ९ फागुन– बागलुङ नगरपालिकाको आयोजनामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको लामो दुरीका दौडमा बिद्यामन्दिर माबिकी ज्ञानदेवी रोकाले जितेकी छिन् ।
    रोकाले छात्रा तर्फको १ हजार ५ सय मीटर र ३ हजार मीटरको दौड जितेकी हुन् । दौडमा उनको अगाडि कुनैपनि खेलाडी टिक्न सकेनन् । प्रतियोगितामा त्रिभूवन माबिकी सम्झना शर्मा द्वितिय र सिदार्थ शिक्षा सदनकी एन्जिला लिम्बु तृतिय भएका छन् ।
    यस्तै, प्रतियोगिताको ३ हजार मीटर दौड प्रतियोगिताको छात्र तर्फको उपाधि सिगाना माबि तित्याङका रवि सुनारले जितेका छन् । सोमबार भएको खेलमा चिल्ड्रेन लाइफ बोर्डिङका गणेश केसी द्वितिय र त्रिभूवन माबिका रमित परियार तृतिय भएका छन् ।
    त्यसअघि भएको १ हजार ५ सय मीटर दौड पनि छात्रातर्फ बिद्यामन्दिरकी ज्ञानदेवी रोका नै प्रथम भएकी थिइन् । त्रिभूवन माबिकै सम्झना पौडेलले द्वितिय र जनता–धन माबिकी अनुषा पौडेलले स्थानमा चित्त बुझाएका छन् ।
    छात्र तर्फको १ हजार ५ सय मीटर दौडमा आदर्श बिद्यामन्दिरका अनुप जिसीले स्वर्ण, सिगाना माबि तित्याङका रवि बिकले रजत र गणेश माबिका हरि रोकाले कास्य पदक जितेको छन् । सोमबार एथलेटिक्स तर्फका एक सय, दुई सय र ४ सय मीटर लगायतका खेल सम्पन्न भएको आयोजक नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend