१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै

    काठमाडौं, ९ फागुन– नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ ।
    मंगलबार २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो । यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ । ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।
    ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको बताइन्छ । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । व्यक्ति वा समाजअनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको शर्माको भनाइ छ ।
    ल्होसार मंगोल समुदायका विभिन्न जातिले छुट्टाछुट्टै मितिमा मनाउने गरेका छन् । गुरुङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्पो ल्होसारमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend