२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

सर्वसिद्धिधाम पञ्चकोटमा विराट महायज्ञ शूरु


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • सर्वसिद्धिधाम पञ्चकोटमा विराट महायज्ञ शूरु

    तस्बिर : राम बहादुर क्षेत्री
    बागलुङ, ९ फागुन– बागलुङ नगरपालिका वडा नं. ६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मंगलबारदेखी विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ शुरु भएको छ । कोरोना महामारीका कारण ३ बर्षदेखी रोकिएको महायज्ञ यसपटक संचालन गरिएको हो ।
    महायज्ञको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले धार्मिक गतिविधिमार्फत पर्यटकीय क्षेत्रको बिकास गर्नुपर्ने बताए । पञ्चकोटसंगै नगरक्षेत्रका धर्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सदैब नगरपालिकाको साथ रहने बताउँदै श्रेष्ठले भने, ‘समृद्धि र बिकासमा सबै एकजुट हुनुपर्छ ।’
    सो अवसरमा बागलुङ नगरपालिका वडा नं. १४ का वडाध्यक्ष चक्रबहादुर केसी, वडा नंं ६का पुर्व वडाध्यक्ष खिमराज सापकोटा र पञ्चकोट बिकास समितिका पुर्व प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम महायज्ञ संचालन समितिका अध्यक्ष केशव बहादुर कार्कीको अध्यक्षता, वडा नं. ६ का अध्यक्ष रुद्र बहादुर केसीको स्वागत र पञ्चकोट परिषदका सचिव नारायण आचार्यको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । महायज्ञ १५ गते सम्पन्न गरिने पञ्चकोट बिकास समितिले जनाएको छ ।
    महायज्ञको हरेक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखी १ बजेसम्म हरिनाम संकृतन, साढे १ बजेदेखी बिशेषकथा प्रवचन र साँझ ६ बजेटबाट विष्णु सहस्रनाम पाठ हुने समितिका अध्यक्ष केशवबहादुर कार्कीले जानकारी दिए ।
    पञ्चकोटमा हाल १ सय ३५ फिट अग्लो विश्वशान्ति गण्डकी कलश तथा ५ हजार ५ सय ५५ किलोग्रामको मुक्रिनाथ महाघण्ट निर्माण भईरहेको छ । यसबाहेक पञ्चमहालक्ष्मी मन्दिर, गौशाला, हनुमानको शालिकलगायतका धार्मिक संरचना निर्माण भईरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend