१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

योजना बनाउनुपूर्व बरेङले थाल्यो किसानसँग परामर्श


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७९ , बुधबार

  • योजना बनाउनुपूर्व बरेङले थाल्यो किसानसँग परामर्श

    बागलुङ, १० फागुन– कृषि तथा पशुजन्य उत्पादनमा बृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग परामर्श थालेको छ । गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग परामर्श थालेको हो ।
    किसानका समस्या एकातर्फ र गाउँपालिकाका कार्यक्रम अर्कोतर्फ हुने गरेकाले समस्या पहिचान गर्न परामर्श थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । छलफलमा किसानले उत्पादनमा एकरुपता नहुनु, बजारीकरणमा समस्या, उत्पादन समयमा बजार पु¥याउन नसक्दा लागत बढ्नु किसानका समस्या भएको बताएका थिए ।
    ‘कृषिमा धेरै लगानी भएको छ, त्यसको प्रगति, किसानको अवस्था खोजी गर्न बिज्ञसहितको छलफल थालेका हौं’ अध्यक्ष शर्माले भने ‘हामीले कल्पना गरेभन्दा फरक समस्या र चुनौती किसानले सुनाउनुभएको छ, सोहीअुसार योजना बनाएर काम गर्छौ ।’
    छलफलबाट किसानको वास्तविक समस्या र चुनौती पहिचान भएको शर्माको भनाई छ । पालिकाले ६३ जना व्यवसायीक किसानलाई भेला गरेर बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिबिज्ञहरु सुजित पौडेल, नारायण पौडेल, दिपक शर्मा, इन्द्र ढुंगाना, माधव पौडेलसँग छलफल चलाएको थियो ।
    ‘हामीले उत्पादन गरेका बंगुरले बजार पाउँदैनन्, बाहिरी बजारबाट आएको मासुले मुल्य घटाईदिन्छ’ किसान सन्त श्रीषले भने ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।’ किसानले एकीकृत खेतीप्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
    छलफलपछि कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । किसानले कृषिउपज संकलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend