१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

न्यु एभरेष्ट एकेडेमीको वार्षिकोत्सव सकियो


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७९ , बिहिबार

  • न्यु एभरेष्ट एकेडेमीको वार्षिकोत्सव सकियो

    बागलुङ, ११ फागुन– न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ बार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ ।
    बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिए ।
    शैक्षिक क्षेत्रमा निजी विद्यालयको महत्वपुर्ण भुमिका रहेको चर्चा गर्दै श्रेष्ठले नगरपालिकाले शुरु गरेको बालमैत्री अभियानलाई सफल बनाउनका लागि सबै सामुदायिक तथा निजी बिद्यालयहरुले प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
    कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजु थापा, वडा नं. ५ का वडासदस्य बाबुराम सापकोटा, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, चिल्डे«न लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, अमर आदर्श आवासिय माविका प्रिन्सिपल हेमन्त थापा, गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्का, नवरामरेखा तरकारी उत्पादक सहकारी संस्थाका उपाध्यक्ष बसन्त मल्ल, पूर्व सल्लाहकार पार्वती आचार्य, अभिभावक बुद्विबल थापा, शिक्षक कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    विद्यालयका संस्थापक अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव शर्मा र बिद्यार्थी पुजा सापकोटाको स्वागत, शिक्षक भूमिराज शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend