काठमाडौं, १२ फागुन– यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर खेल्दै छन् । बुधबार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग खेल्न लागेको हो । खेल आजमानको इडन गार्डेनमा बिहान सवा ११ बजे सुरु हुनेछ ।
दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात् १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एक दिनपछि नेपाली यु–१९ टोलीले २७ फ्रेबुअरी अर्थात् १५ फागुनमा हङकङसँग खेल्नेछ । २८ फेबु्रअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात् १८ फागुनमा युएईसँग खेल्ने छ ।
युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।