१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मध्यपहाडी लोकमार्गको हिलो र धुलोले आजित बिहुँबासीले सिडिओ गुहारे


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७९ , शुक्रबार

  • मध्यपहाडी लोकमार्गको हिलो र धुलोले आजित बिहुँबासीले सिडिओ गुहारे

    बागलुङ, १२ फागुन– मध्यपहाडी लोकमार्गको बागलुङदेखि घोडाबाँधे खण्डमा ठेकेदारले समयमा काम नसक्दा बर्षौदेखि स्थानीयले हिलो र धुलोले सास्ती पाएको गुनासो गरेका छन् ।
    बिहिबार काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दाले प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर आफ्नो पीडा सुनाएका छन् ।
    २०५४ सालमा ग्रामीण कृषि सडकको रुपमा खुलेको ट्रयाकलाई मध्यपहाडी लोकमार्गमा रुपान्तरण गरेपछि अहिलेसम्म हिउँदमा धुलो र बर्षात्मा बाढीपहिरोको प्रकोप खेप्नुपरेको बिहुँबासीले गुनासो गरेका छन् । ‘सडकको धुलोले कहिल्यै पनि शुद्धपानी खान पाएका छैनौं’ स्थानीय जगुपति कंडेलले भने, ‘सँधै धुलो खादा हामी बिरामी परेका छौं ।’
    गत पुस ५ गते पनि स्थानीयले डेलिगेसन गर्दा तत्कालिन प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ठेकेदारका प्रतिनिधि र लोकमार्ग आयोजना कार्यालयका प्रमुखलाई राखेर छलफल गराएपनि ठेकेदारबाट प्रभावकारी काम हुन नसकेको हो ।
    लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले लोकमार्गको अक्षेते खण्डमा काम नभएको स्वीकारे । ‘माथिल्लो खण्डमा केही काम देखिएपनि सन्तोषजनक छैन, तल्लो खण्डमा कामै भएको छैन’ भण्डारीले प्रमुख जिल्ला अधिकारी श्रेष्ठको जिज्ञाशामा भने, ‘तत्काल काममा लगाउन पहल गरिरहेको छु ।’
    प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पीडितहरुको मागलाई सम्बोधन गर्दै केही दिनमा आयोजना कार्यालय, सुरक्षा निकाय र सरोकारवालाको स्थलगत अनुगमन गर्ने बताएकी छन् । स्थानीयको माग सम्बोधन गर्ने कुरा एकातर्फ भएपनि लोकमार्ग संचालन गर्ने बिषयमा बिभाग र मन्त्रालयबाट पहल गर्ने वातावरण मिलाउने उनको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend