म्याग्दी, १३ फागुन– बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
१० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५ अर्मनका २० वर्षीय ‘ओमे’ भन्ने राज थापा र बागलुङको गलकोट नगरपालिका वडा नं. २ नरेठाँटी घर भई म्याग्दीको मंगला गाउँपालिका वडा नं. ६ मराङमा मजदुरी गर्दै आएका २४ वर्षिय झमबहादुर श्रीसलाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले बालिकालाई गत भदौ २१ गते बलात्कार गरेको र फागुन ५ गते पुनः बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
त्यस्तै, फागुन ६ गते १४ बर्षीय बालिकालाई बलात्कार गर्ने उदेश्यसहित यौन दुव्र्यवहार गरेको भन्दी पीडितले उजुरी दिएपछि श्रीषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै घटनाका आरोपीलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाईएको ढकालले बताए ।