बागलुङ, १५ फागुन– जिल्लाको बरेङ गाउँपालिका–३ बाटकाचौरस्थित ज्ञानोदय आधारभुत बिद्यालयको ६७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले शैक्षिक गुणस्तर बृद्धिका लागि बिद्यार्थी, अभिभावक र शिक्षकको समान भुमिका रहने बताए । कार्यक्रममा पूर्व प्रधानाध्यापक केयरसिहं थापा, देबिदत्त पौडेल, संगीता थापा, कमला मगर, मुक्त बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बिद्यालयका प्रअ मदनबहादुर कार्कीले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा । शिक्षक अभिभावक संघका अध्यक्ष तथा वडा सदस्य टेग बहादुर थापाले आफ्नी आमाको चौरासी पुजाको अवसरमा ५० हजार ५ सय र शिक्षक अमृत न्यौपाने ३० हजार २ सयको अक्षयकोष स्थापना गरेको प्रअ कार्कीले जानकारी दिए ।
पूर्व प्रअहरुलाई सम्मान गरिएको कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक हुमनाथ न्यौपानेको स्वागत र शिक्षक चन्द्रमणी सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।