२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

किशोरीका लागि आत्मरक्षा तालिम


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७९ , सोमबार

  • किशोरीका लागि आत्मरक्षा तालिम

    बागलुङ, १५ फागुन– सामाजिक बिकास कार्यालय बागलुङको आयोजनामा बिद्यालय र कलेज तहका किशोरीका लागि तीन दिने आत्मरक्षा तालिम शुरु भएको छ ।
    तालिममा बागलुङ नगरपालिकाभित्रका विभिन्न बिद्यालयका ३० जनाभन्दा बढी २० बर्षभन्दा कम उमेरका किसोरी सहभागी छन् । ग्रामीण सामुदायिक बिकास केन्द्रले तालिमको संयोजन गरेको हो । तालिममा किशोरीहरुका कुरा सुन्ने र आवस्यक सुरक्षाका उपाया बताउने लक्ष रहेको केन्द्रका निर्देशक विश्वबिनोद घिमिरेले बताए ।
    बिद्यालय तहदेखि कलेज पढ्ने उमेरमा हरेक क्षेत्रमा किशोरीमाथी दुव्र्यवहार हुने भएकोले यस्ता तालिम संचाल गरिएको सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसीले बताए । सचेतनामार्फत किशोरीले आवस्यक पर्दा आत्मरक्षा गर्न सक्ने बनाउने लक्षमा यो तालिम सहयोगी बन्ने उनको धारणा छ ।
    तालिममा सहभागी किशोरीले आफ्नो उमेर समूहमा हिंड्दा वा अन्य काम बिशेषमा लाग्दा दुव्र्यवहार भोगेको अनुभव सुनाएका थिए । केही किशोरीमाथी यौन दुव्र्यवहार हुने गरेको थियो भने केहीलाई शारीरिक र मानसिक दुव्र्यवहार पनि भएको घटना सुनाएका थिए ।
    तालिमका सहभागी किशोरीका लागि मार्सल आर्टको कराँते सिकाएर आत्मरक्षा गर्न सक्ने बनाइने प्रशिक्षक समेत रहेका घिमिरेले जानकारी दिए । ‘हाम्रो सानो प्रयासले उनीहरुले आफूमाथी परेको दुव्र्यवहार खुलेर बाहिर ल्याउन सक्ने बनाउने छौं’ उनले भने, ‘आबस्यक पर्दा आत्मरक्षाका लागि उनीहरुले कराँते खेलमार्फत सुरक्षित बन्न सक्छन् ।’ पहिला ती घटना दुव्र्यवहार हुनु भन्ने यकिन हुने आधार पनि सिकाइने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend