२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

आज ४१ औँ मगर दिवस


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७९ , सोमबार

  • आज ४१ औँ मगर दिवस

    बागलुङ, १५ फागुन– मगर समुदायले आज सोमबार ४१ औँ मगर दिवस मनाउँदै छन् । नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
    २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन् ।
    स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको ¥याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ ।
    दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन् । गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
    यस्तै, तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बागलुङको निसीखोला गाउँपालिकामा पनि सार्वजानिक बिदा दिइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend