१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

३ हजार मिटर दौडमा पनि कार्की र विकलाई स्वर्ण


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७९ , मंगलबार

  • ३ हजार मिटर दौडमा पनि कार्की र विकलाई स्वर्ण

    बागलुङ, १६ फागुन– बागलुङमा जारी ११ औं राष्ट्रपति कप खेलकुद प्रतियोगिताको भलिबल खेलमा जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
    सोमबार भएको खेलमा गलकोटले बडिगाड गाउँपालिकालाई २५–२० र २५–२० को सेटमा पराजित गरेर फाइनल यात्रा पुरा गरेको हो । त्यस्तै जैमिनीले फाइनल यात्राका लागि निसीखोला गाउँपालिकालाई २०–२५, २५–१५ र २५–१९ ले पराजित गरेको थियो ।
    सोमबार भएको तेस्रो स्थानको खेलमा भने बडिगाड गाउँपालिकाले निसीखोलालाई पराजित गरेर स्थान सुरक्षित बनायो । बडिगाडले २५–१६, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको हो । मंगलबार जैमिनी र गलकोट बीच फाइनल खेल हुने प्रतियोगिताका संयोजक किसोर थापाले बताए ।


    सोमबारै भएको ३ हजार मीटर दौड प्रतियोगितामा छात्रतर्फ काठेखोला गाउँपालिकाका बादल कार्की प्रथम भएका छन् । उनले ३ हजार मीटरको दुरी १० मीनेट १० सेकेण्डमा पार गरे । त्यस्तै निसीखोलाका धु्रब घर्तीमगर द्वितिय र वडिगाडका मनिष पुनले तृतिय भए । घर्तीमगरले १० मीनेट ३४ सेकेन्ड र पुनले १० मीनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।
    छात्रा तर्फको ३ हजार मीटर दौड प्रतियोगिता निशीखोलाकै शर्मिला बिकले जितेकी छिन् । उक्त दुरी बिकले १३ मीनेट १० सेकेण्डमा पार गरिन् । प्रतियोगितामा बरेङकी कोपिला क्षेत्री द्वितिय र बडिगाडकी बेदना पुन तृतिय भइन् । सोही दुरी क्षेत्रीले १३ मीनेट ३३ सेकेण्ड र पुनले १४ मीनेट १२ सेकेण्डमा पार गरिन् ।
    २ सय मीटर छात्रा दौड गलकोटकी देवी दर्जी प्रथम जैमिनीकी स्मृति हमाल द्वितिय र बागलुङ नगरपालिकाकी पुजा खत्री तृतिय भइन् । ४ सय मीटर दौडमा गलकोटकी इन्दिरा पौडेल, बडिगाडकी सिर्जना खत्री र जैमिनीकी स्वस्तिका परियार प्रथम, द्वितिय र तृतिय भए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend