१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

लखन कपको उपाधि जैमिनी र गलकोटलाई


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७९ , मंगलबार

  • लखन कपको उपाधि जैमिनी र गलकोटलाई

    बागलुङ, १६ फागुन– मगर संघ बागलुङले ४१ औं मगर संघ स्थापना दिवसको अबसरमा आयोजना गरेको वडा स्तरीय ‘लखन कप’ पुरुष भलिवलको उपाधि गलकोट नगरपालिका वडा नं. ५ ले जितेको छ । गलकोट नगरपालिकाकै वडा नं. ६ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात परेको हो ।
    वडा नं. ५ ले पहिलो खेलमा २३–२५, दोस्रो खेलमा १४–२५ र तेस्रो खेलमा १८–२५ अंकले वडा नं. ६ लाई पराजित गरेको हो । जीतसँगै बिजेताले ८१ हजार रुपैयाँ नगदसहित ‘लखकन कप’ पाएको छभने उपबिजेता बनेको वडाले ४१ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा १५ समुह सहभागि थिए ।
    यस्तै, पालिका स्तरीय ‘लखन कप’ महिला भलिबलको उपाधि जैमिनी नगरपालिकाले जितेको छ । ताराखोला गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै जैमिनीले उपाधि हात परेको हो । जैमिनीले पहिलो सटमा २१ अंकका बिरुद्ध २५ र दोस्रो सेटमा १९ अंकका बिरुद्ध २५ अंक ल्याउँदै उपाधि चुमेको हो । यो सँगै जैमिनीले २५ हजार रुपैयाँ नगदसहित ‘लखकन कप’ र उपबिजेता ताराखोलाले दश हजार रुपैयाँ नगद जितेको छ । बिजेता खेलाडीलाई गण्डकी प्रदेशकी उपसभामुख बिना थापा मगरले पुरस्कार वितरण गरेकी थिईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend