१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

माना चामल, लागूऔषध र सार्वजनिक मुद्दाका ३ फरार प्रतिवादी पक्राउ


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • माना चामल, लागूऔषध र सार्वजनिक मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

    बागलुङ, १७ फागुन– जिल्ला प्रहरी कार्यालय बागलुङले बिभिन्न मुद्दाका तिन जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङबाट बिभिन्न मितिमा मुद्दा फैसला भई हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा पठाएको हो ।
    माना चामल मुद्दाका प्रतिवादी बागलुङको बडिगाड गाउँपालिका–५ निवासी ४७ बर्षिया धनमाया काउचा, लागुऔषध मुद्दाका प्रतिवादी निसीखोला गाउँपालिका–६ निवासी ५७ बर्षिय कुमबहादुर बुढा र केही सार्वजनिक अपराध मुद्दाका प्रतिवादी ढोरपाटन नगरपालिका– ९ निवासी मौषम पुनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
    माना चामल मुद्दाका प्रतिवादी काउचालाई ६ हजार ४ सय ७० जरिवाना तोकिएको थियो भने लागुऔषध मुद्दाका प्रतिवादी बुढालाई १० महिना ७ दिन कैद तथा ५ हजार जरिवाना र केही सार्वजनिक अपराध मुद्दाका प्रतिवादी पुनलाई १ सय ५० रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend