१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

माझी समुदाय लदी पर्वको संरक्षणमा


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • माझी समुदाय लदी पर्वको संरक्षणमा

    तस्बिर बालकृष्ण माझीको टुवीटरबाट
    पर्वत, १८ फागुन– लोप हुँदै गएको लदी पर्वको संरक्षणमा माझी समुदाय जुटेका छन् । पर्वतको कुश्मा नगरपालिका मालढुंगामा बसोबास गर्ने माझी समुदाय २० वर्षपछि लदी पर्व संरक्षणमा जुटेका हुन् ।
    सडक र नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुंगामा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो ।
    अल्पसंख्यक माझी समुदाय सधैँ खोला र नदीको नजिक बस्ने गर्छन् । उनीहरु यसैमाथि आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ । लदीपूजा गर्दा नदीमा डुंगा चलाउँदा र माछा मार्दा कुनै जोखिम आउँदैन भन्ने माझी समुदायको विश्वास छ ।
    वर्षात्को समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।
    माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।
    पर्वत र बागलुङको संगमस्थल मालढुंगामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । हाल कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बंगुरपालन लगायतका व्यवसाय गरेर माझी समुदायले जिविकोपार्जन गर्दै आएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend