१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

यान्त्रिकीकरणले हलगोरु पाल्ने प्रचलन हराउँदै


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • यान्त्रिकीकरणले हलगोरु पाल्ने प्रचलन हराउँदै

    पर्वत, १८ फागुन– एक दशकअघि फलेवास नगरपालिकाका ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किनेपछि गोरु पाल्ने झण्झट गरेनन् ।
    पछिल्लो समय जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर ट्रिलर, ट्र्याक्टर प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५÷७६ यताका चार वर्षमा १ हजार ३ सय यान्त्रिक हलो वितरण गरिएको छ ।
    यसबाहेक स्थानीय तहले पनि कृषिमा विनियोजन हुने अधिकांश रकम यान्त्रिक हलोमै खर्चने गरेका छन् । जिल्लाका सातवटै पालिकाले बर्सेनि दुई सय हाराहारीमा यान्त्रिक हलो वितरण गर्ने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताए ।
    त्यसबाहेक विभिन्न परियोजना, विभिन्न गैरसरकारी संस्था, दातृ निकायले समेत अनुदानमा यान्त्रिक हलोलाई नै प्राथमिकतामा राखेको पाइएको छ । यान्त्रिक हलोका कारण थोरै जनशक्तिले अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको कृषक बताउँछन् ।
    गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, खनजोतका लागि बाउसेको अभावलगायत समस्यालाई यान्त्रिक हलोले हटाएको कुश्मा नगरपालिका वडा नं. १२ का कृषक रामप्रसाद सापकोटाले बताए ।
    सुवेदीले गाउँघरमा गोरु पाल्न छोडेपछि दाइँ हाल्ने गोरुको अभावदेखि गोबर मलको अभाव हुन थालेको बताए । प्रतिरोपनी साढे तीन मुरीसम्म धान उत्पादन हुने खेतमा प्राङ्गारिक मलकै अभावमा उत्पादकत्व ४० प्रतिशतसम्म घटेको उनको अनुभव छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend