१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

जनशक्तिको अभाव पूर्ति गर्न लोकसेवाको तयारी कक्षा


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • जनशक्तिको अभाव पूर्ति गर्न लोकसेवाको तयारी कक्षा

    म्याग्दी, १८ फागुन– जिल्लाको धवलागिरि गाउँपालिकाले शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
    मुनामा सुरु भएको १४ दिने तयारी कक्षामा २३ जनाको सहभागिता छ । गाउँपालिकाभित्र बसोबास गर्ने माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएका, शिक्षक र लोकसेवा आयोगको परीक्षामा सहभागी योग्य व्यक्तिबाट आवेदन संकलन गरेर तालिममा दिइएको हो ।
    सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
    ‘१०÷१२ कक्षा उत्तीर्ण हुनेबित्तिकै पासपोर्ट लिएर विदेशिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौं’, पुनले भने, ‘निजामती, सेना, प्रहरी र शिक्षक पेसामा संलग्नता बढाउन निशुल्क तालिम आयोजना गरेका हौं ।’
    सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताए । तयारी कक्षाका लागि सहरबजारमा जान नसक्ने तर क्षमता भएकाहरूका लागि तालिम उपयोगी बन्ने अपेक्षा गरिएको छ ।
    प्रमुख प्रशासकिय अधिकृत ध्रुव रिजालले निरन्तरको मेहनत र हार नमान्ने हो भने लोकसेवा र शिक्षक सेवामा सफल भइने अनुभव सुनाए । तालिममा शिक्षक सेवा र लोकसेवा आयोगको परीक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजीकरण गरिने जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend