८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘भूपि पुरस्कार’का लागि कृति आह्वान


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • ‘भूपि पुरस्कार’का लागि कृति आह्वान

    बागलुङ, १८ फागुन– धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ ।
    प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८ र ०७९ मा प्रकाशित गद्य शैलीका कविता कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ ।
    विसं २०८० को भूपि जयन्तीमा स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । पुरस्कारको राशी २५ हजार रहेको छ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेेछ ।
    कवि भूपि शेरचनकै शैली पछ्याएर लेखिएका काव्यकृतिले मूल्यांकन प्रक्रियामा प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिए । यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्रा. डा. सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्कृत भएका छन् । विसं २०७३ मा प्रतिष्ठानले कवि भूपि शेरचनका नाममा पुरस्कार स्थापना गरेका थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend