१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बाबुले गरे २ वर्षिय छोरीको हत्या


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • बाबुले गरे २ वर्षिय छोरीको हत्या

    बागलुङ, १८ फागुन– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा आफ्नै बाबुले दुई बर्षिया नाबालिका छोरीको हत्या गरेका छन् । बुधबार साँझ सर्कुवाका २० बर्षिय सायर दिनले छोरी आरिसा दिनको बिभत्स हत्या गरेका हुन् ।
    घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
    हत्यामा संलग्न भएको आरोपमा सायर दिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले छोरीको हत्या स्वीकार गरेका छन् । छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई प्रहरीले गाउँमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।
    बालिका हत्याको बिषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो । बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । सायरले के कारणले छोरीको हत्या गरे भन्ने बिषय नखुलेको थापाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend