१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु
    ???????? ???????? ???????? ? ??????? ????? ?????????? ??? ?? ? ? ? ???????? ?????????? ?????? ??? ?????????? ????? ????????? ????????? ???? ??????????? ??????? ?? ?????? ? ??????? ??? ?????, ????

    म्याग्दी, २१ फागुन– सडक सुविधाबाट वञ्चित पर्वतको जलजला गाउँपालिकामा पर्ने बगरफाँटलाई म्याग्दीको बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा ‘बेलिब्रिज’ निर्माण थालिएको छ ।
    कालीगण्डकी नदीको कटानपछि सडक सुविधाबाट वञ्चित बगरफाँटलाई जोड्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्नेगरी १ करोड ६० लाखमा बेलिब्रिज निर्माणको ठेक्का सम्झौता गरेको छ ।
    बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको तर हाल प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई कालीपुलमा जडान गर्नेगरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।
    ५४ मिटर लामो बेलिबिज्र पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि तीन महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएको निर्माण कम्पनीका सवओभरसियर सनम शाहीले दाबी गरे ।
    यसअघि पुल निर्माणको माग गर्दै आन्दोलित बगरफाँटबासीले गत मंसिरको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend