१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

आज फागु पूर्णिमा


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७९ , सोमबार

  • आज फागु पूर्णिमा

    बागलुङ, २२ फागुन– आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रंग तथा अबीर लगाएर मनाउने चलन छ ।
    सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भएपनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो । सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन् ।
    यस्तै, मंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ । मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एकआपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
    फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
    फाल्गुण शुक्ल अष्टमीको दिन चीर गाडेपछि होली हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend