१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

लस्ती–बनौ जोड्ने सडकले यात्रा छोटियो


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७९ , मंगलबार

  • लस्ती–बनौ जोड्ने सडकले यात्रा छोटियो

    म्याग्दी, २३ फागुन– पर्वतको जलजला गाउँपालिका वडा नं. ८ लस्तीदेखि वडा नं. ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ ।
    सडक निर्माणसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सडकमार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए ।
    ‘बनौदेखि पाङ–अर्मादी–मालढुंगा–लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो’ पुनले भने, ‘२० किलोमिटर दूरीको बनौ–लस्ती–लामाखेत सडक अहिले ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।’
    घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउजाउ गर्न झञ्झट भएपछि २०७५ देखि लस्ती–बनौ सडक निर्माण सुरु भएको थियो । सडक निर्माणपछि बनौका ५ सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन् ।
    चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए । सडक निर्माणमा संघीय सरकारबाट दुई चरणमा १ करोड ३० लाख विनियोजन भएपनि भौगोलिक कठिनाइ र जोखिमका कारण निर्माण व्यवसायीले काम गर्न नसकेपछि बजेट खर्च हुन सकेन ।
    गतवर्ष जलजला गाउँपालिकाले २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो । अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो । यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख बजेट विनियोजन भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend