१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

नारी दिवसमा छ महिला सम्मानित


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७९ , बिहिबार

  • नारी दिवसमा छ महिला सम्मानित

    बागलुङ, २५ फागुन– १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा बागलुङ नगरपालिकाले बिभिन्न बिधामा योगदान गर्ने छ जना महिलालाई सम्मान गरेको छ । पत्रकारिता, समाजसेवा र मजदुरी गर्ने छ जना महिलालाई सम्मान गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वती रेग्मीले बताइन् ।
    पत्रकारिता क्षेत्रमार्फत महिलाहरुको अधिकारका क्षेत्रमा योगदान पु¥याएको भन्दै धौलागिरी एफ.एम. बागलुङका सह–सम्पादक कोपिला कँडेल र पत्रकार महासंघ बागलुङका सह–सचिव सिर्जना पन्तलाई सम्मान गरिएको छ । त्यस्तै, अपांगता तथा मानवअधिकारको क्षेत्रमा योगदान पु¥याएको भन्दै चिजा थापा, मानव सेवाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विपना थापालाई सम्मान गरिएको हो ।
    मजदुरी गरेर परिवार पाल्दै आएकी बागलुङ नगरपालिका–७ की बिजुला बिक र बागलुङ नगरपालिका–१ की देउकुमारी माझीलाई सम्मान गरिएको रेग्मीले बताइन् । दिवसमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले दोसल्ला ओडाएर सम्मान गरेका थिए । उनीहरुलाई नगरपालिकाले सम्मानपत्र पनि प्रदान गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend