१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ज्योती पुञ्ज प्राविको भवन शिलान्यास


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७९ , बिहिबार

  • ज्योती पुञ्ज प्राविको भवन शिलान्यास

    बागलुङ, २५ फागुन– ज्योती पुञ्ज प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७ को दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बुधबार भवनको शिलान्यास गरेका हुन् ।
    भवन शिलान्यास गर्दै खड्काले शिक्षा क्षेत्रमा बनिरहेका पक्कि पूर्वाधारहरुले गुणस्तरीय र व्यवहारीक शिक्षालाई सहयोग गर्ने बताए । खड्काले तोकिएको समय भित्र भवन निर्माणको काम सक्न निर्माण समितिलाई आग्रह समेत गरे । उनले ज्योती पुञ्ज प्राथमिक विद्यालयलाई नमुना बनाउनका लागि आग्रह गरे ।
    खड्काले विद्यालय भवन शिलान्यास समारोहमा आउने अतिथीका लागि तयार पारिएका खादा माला ११३ औं अन्तराट्रिय नारी दिवसका अवसरमा स्थानीय महिलाहरुलाई लगाएर सम्मान गरेका थिए । भवन आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कुमार बिकले बताए ।
    भवन निर्माणका लागि नेपाल सरकारले २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । बिद्यालयको अहिलेको अबस्था र पूर्वाधार तथा शैक्षीक गुणस्तर बिकासका लागि गर्नुपर्ने कामहरुको बिषयमा प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी गराएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend