१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन तालिका प्रभावित


जनमञ्च संवाददाता
  • २७ फाल्गुन २०७९ , शनिबार

  • धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन तालिका प्रभावित

    बागलुङ, २७ फागुन– आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा धौलागिरि बहुमुखी क्याम्पसको तालिका प्रभावित भएको छ । अखिल क्रान्तिकारी लगायतका केही संगठनले तालाबन्दी गरेपछि निर्धारित समयतालिका प्रभावित भएको हो ।
    शनिबार दिउँसो २ बजेसम्म उमेदवारी दर्ता गर्ने तालिका थियो । त्यसअघि शुक्रबारै निर्वाचन प्रयोजनका लागि उमेदवारको दरखास्त बितरणको काम पनि गरिसक्नु पर्नेमा तालाबन्दीका कारण नभएको निर्वाचन अधिकृत भक्तीराम न्यौपानेले बताए ।
    फर्जी बिद्यार्थी भर्ना गरेको आरोप लगाएका संगठनले परिचयपत्र पनि एकै प्रकारको हुनुपर्ने लगायतका माग राखेका छन् । तालाबन्दी भएपछि नेविसंघ र अखिल छैठौं तथा समाजवादी बिद्यार्थी संगठनसहितले भने तालिका अनुसार उमेदवारी दर्ता गर्नुपर्ने माग गरेका छन् । एमाले निकट अखिलले भने केही माग जायज भएकोले सम्बोधन गर्नुपर्ने भनेको छ । यद्यपी प्रकृया शुरु भएमा उमेदवारी दर्तामा उनीहरुले केही समस्या नपर्ने बताउँदै आएका छन् ।
    क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायसहित बिद्यार्थी संगठनहरुको विभिन्न चरणमा वार्ता भएपनि ठोस निष्कर्ष नआएको बताइएको छ । ‘हामीले वार्ता गरिरहेका छौं, केही निष्कर्ष निस्केपछि निर्वाचन गराउने भन्नेमै छौं’ न्यौपानेले भने, ‘तालाबन्दी भएपछि कागजात समेत निर्वाचन कार्यालयमा हुँदा काम गर्न अप्ठ्यारो भयो ।’ दिउँसो २ बजेको तालिका परिवर्तन भएको सूचना पनि अछापे भनेर प्रकाशित गरिएकोे छ ।
    धौलागिरि बहुमुखी क्याम्पसमा हाल १ हजार ६ सय बिद्यार्थी भर्ना भएका छन् भने क्याम्पसको तथ्यांकमा झण्डै २ हजार ३ सय बिद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय मानबिकी र शिक्षा संकायमा बिद्यार्थी संख्या घटेको, प्रमाणपत्र तह नभएको लगायतले बिद्यार्थी संख्या न्युन देखिएको उपाध्यायले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend