१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

अरनिको : विदेशमा चर्चा, स्वदेशमा लेखोट समेत नहुनु दुर्भाग्य


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७९ , आइतबार

  • अरनिको : विदेशमा चर्चा, स्वदेशमा लेखोट समेत नहुनु दुर्भाग्य

    बागलुङ, २८ फागुन– बलबाहु नामले चिनिएका नेपाली कलाकार अरनिकोको जीवनीमा आधारित पुस्तकमाथि चर्चा गरिएको छ । शनिबार कुश्मा बजारस्थित शताब्दी घरमा अरनिको एशिया ः एक प्रस्तावना पुस्तकमा छलफल भएको हो ।
    कलाकार अरनिकोको कलाकारिता र जीवनीबारे पर्वतको मोदी गाउँपालिकाका गणेशकुमार जिसीले पुस्तक लेखेका हुन् । उनले थप अनुसन्धान भैरहने बिषय भएकोले यो पुस्तक पुरा नभएको बताए । त्यसैले उनले यो पुस्तकको नाम नै एक प्रस्तावना लेखेको बताएका छन् ।
    शनिबार आयोजित पुस्तक चर्चा कार्यक्रममा जिसीले नेपालका महान कलाकार भएर बिदेशी भूमिमा समेत चर्चा पाएका कलाकारबारे नेपालमा भने कुनै लेखोट समेत राख्न नसक्नु दुर्भाग्य भएको बताए । उनले बिषय उठान गरेको भन्दै अब धेरै खोजी गर्न सकिने बताए ।
    कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष इन्द्रमान खत्रीले कलाकार अरनिकोले जानेको काष्ठकलाबाट चीनको बिकासमा योगदान पुगेको बताए । नेपालले अरनिकोको काष्ठकलाबाट के कति फाइदा पायो भन्ने इतिहास लिखित नभएको भन्दै नयाँ पुस्तालाई अरनिकोको योगदान पढाउनु पर्ने र जुनसुकै कलाको तथ्यांक राख्नुपर्ने खत्रीले धारणा राखे ।
    बाह्रौ शताब्दीमा नेपालबाट अरनिको चीनमा गएका थिए । तत्कालिन राजाले नेपालका कलाकारहरुको प्रतिनिधित्व गर्दै ८० सदस्यीय कलाकार पठाउँदा अरनिकोले चीनमा पुगेर काष्ठकलाको ठूलो बिकास गरेको इतिहास छ । यद्यपी ती इतिहासहरु दस्तावेजमा कम भेटिन्छन् । कार्यक्रमका सहभागिले लेखकलाई जिज्ञाशा राख्दा जिसीले यस्तै सय जिज्ञाशा लिएर साहित्यकार सत्यमोहन जोशीकोमा पुगेपछि पुस्तक लेख्ने प्रेरणा आएको बताए ।
    स्रष्टा गणेशकुमार जिसीको अध्यक्षतामा सम्पन्न पुस्तक चर्चा कार्यक्रममा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्तकबारे बिश्लेषण गरेका थिए । कुश्मा आर्ट परियोजनाका अध्यक्ष आर के गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend