१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

रमापति लक्ष्मिनारायण निजी गुठीको अध्यक्षमा पन्त


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७९ , आइतबार

  • रमापति लक्ष्मिनारायण निजी गुठीको अध्यक्षमा पन्त

    बागलुङ, २८ फागुन– रमापति लक्ष्मिनारायण निजी गुठी बागलुङको साधारण सभा तथा अभिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुदर्शन पन्तको अध्यक्षतामा १५ सदस्यीय रमापति लक्ष्मिनारायण गुठी संरक्षण समिति सर्वसम्मन रुपमा चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा दिनेश पन्त, सचिवमा प्रदिप पन्त, कोषाध्यक्षमा दिलिप पन्त र सहसचिवमा कमल पन्त, सदस्यहरुमा लेखराज पन्त, प्रताप पन्त, शभ्भु पन्त, मोहनराज पन्त, रामु पन्त र दिनेश पन्त रहेका छन् ।
    समितिको अन्य ४ सदस्य पदमा महिलासहित नयाँ कार्य समितिको बैठकले मनोनयन गर्ने भएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको मोदीबेनी कालीगण्डकी र मोदीखोला संगमस्थल साके १६३७ सालमा मन्दिर निर्माण भएको छ । ७३ रोपनी क्षेत्रफलमा रहेको मन्दिर ऐतिहासिक महत्वपुर्ण रहेकोले गुरु योजनासहित धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नेगरी काम थालिएको गुठीका सचिव प्रदिप पन्तले जानकारी दिए ।
    ‘अहिले मन्दिरको छाना छाउने, सत्तल निर्माण, टायल बिछ्याउने लगायत मर्मत संभारका कार्यहरु गरिएको छ’ सचिव पन्तले भने, ‘मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी अन्य काम हुने छ ।’ साधारण सभाको उद्घाटन कार्यक्रम गुठीका अध्यक्ष चित्रराज पन्तको अध्यक्षता र सचिव प्रदिप पन्तको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend