बागलुङ, २३० फागुन– चैतेदसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा आगामी चैत १३ गतेदेखि १७ गतेसम्म मेला संचालन हुने भएको छ ।
मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । खड्का अनुसार, मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोकभजन र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिने छ ।
पर्यटन प्रवद्र्धन, मौलिक संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता दिन मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्काले बताए । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा देशभरीबाट तथा भारतबाटसमेत भक्तजन आउने गर्छन् ।
तत्कालिन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जंगलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकीलगायतका बस्तुको किनमेल हुने गर्छ ।