बागलुङ, ३० फागुन– रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताह अन्तरगत तेस्रो दिन सोमबार फ्युचर ब्राइटर स्कुलमा उत्प्रेरक तालिम सम्पन्न भएको छ ।
बिद्यार्थीलाई सकरात्मक सोचका लागि उत्प्रेरित गर्ने र सफलताका लागि प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको तालिममा कक्षा ८ र ९ कक्षामा अध्ययन गर्ने ४० जना बिद्यार्थी सहभागी थियो । तालिमको सहजीकरण गणेश महतोले गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सीपल तथा रोटरी क्लब अफ बागलुङका पूर्व अध्यक्ष बालकृष्ण शर्मा, बिद्यार्थी रोजिना श्रेष्ठ र सिर्जन पौडेलले बोलेका थिए । कार्यक्रम क्लबका अध्यक्ष झोकेन्द्र थापाको अध्यक्षता र कार्यक्रम संयोजक प्रतिक्षा गौतमको संचालनमा सम्पन्न भएको थियो ।
सप्ताहअन्र्तगत चौथो दिन बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, पाँचौ दिन ह्विल चियर बितरण, छैटौ दिन रोट्रयाक्ट र रोटरीबीच मैत्रीपूर्ण फुटसल र अन्तिम दिन रोट्रयाक्ट क्लब अफ गल्कोटसंगको सहकार्यमा समापन तथा फेलोसिप कार्यक्रम रहेको मूल संयोजक सुस्मिता केसीले जानकारी दिइन् ।