तस्बिर सरिता खत्रीको फेसबुकबाट
बागलुङ, ३० फागुन– गलकोट नगरपालिका–६ को न्यू लाइफ आबासिय माबिले आइएसओ मान्यता पाएको छ ।
बिद्यालयले आइएस ओ पाएपछि ३ बर्षका लागि परीक्षणमा रहने छन् । तीन बर्षभित्र आएसओ प्रदान गर्ने संस्था डिलाइट गु्रप र सिदार्थ सोलुसन्ले हरेक ६ महिनामा ती बिद्यालयमा सामाजिक, नैतिक तथा पाठ्यक्रम र जीवन भोगाइ समेतको अनुगमन गर्नेछन् । तीन बर्ष सम्मका सबै अनुगमन उत्तिर्ण भएमा ती बिद्यालयले स्थायी मान्यता पाउनेछन् ।
‘हामीले नियमित कामसहित शिक्षाको गुणस्तर बिकास र व्यवहारिक ज्ञानसमेत प्रदान गर्छौ’ न्यु लाइफ आबासिय माबिका भाइस प्रिन्सिपल बीरबहादुर बोहराले भने, ‘अभिभावक र बालबालिकालाई समेत गुणस्तर शिक्षाका लागि चाहिने सूचकबारे जानकारी गर्छौ ।’ २१ मध्ये १७ सूचक पुरा गर्ने काम अब शुरु भएको उनले बताए ।
सोमबार बिद्यालयले पत्रकार सम्मेलन समेत गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुवेदी, प्रिन्सिपल रामप्रसाद शर्मा समेतले बिद्यालयले गरेको अथक मेहनतबाट आइएसओ मान्यता पाउन सकेको बताए ।