१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

गलकोट बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका गैरे चयन


जनमञ्च संवाददाता
  • २ चैत्र २०७९ , बिहिबार

  • गलकोट बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका गैरे चयन

    बागलुङ, २ चैत्र– जिल्लाको गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत चयन भएका छन् । क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनको सहमतिम गैरे सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
    स्ववियूको उपसभापतिमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त, कोषाध्यक्षमा अनेरास्ववियु (छैठौँ) का गणेश सापकोटा, सदस्यहरूमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौँ)की विनिता गौतम चयन भएको निर्वाचन अधिकृत नवराज गौतमले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend