१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

सर्वोदय क्याम्पस बरेङमा राजमो निकट अखिल छैठौंको प्यानल निर्विरोध


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७९ , आइतबार

  • सर्वोदय क्याम्पस बरेङमा राजमो निकट अखिल छैठौंको प्यानल निर्विरोध

    बागलुङ, ५ चैत्र– जिल्लाको बरेङस्थित सर्वोदय क्याम्पसमा राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं)को प्यानल निर्विरोध निर्वाचित भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अरू कुनै विद्यार्थी संगठननको उम्मेदवारी नपरेपछि अखिल (छैठौं)को प्यानल निर्विरोध भएको हो ।
    निर्वाचित स्ववियुको सभापतिमा गणेश पौडेल, उपसभापतिमा सरस्वती शर्मा, सचिवमा भुवनकुमार ढकाल, सहसचिवमा गोमा शर्मा, कोषाध्यक्षमा जानकी काउचा, सदस्यहरुमा सुशिला छन्त्याल पुन, अनुष्का विक, सिजन थापा तथा प्रत्यक्ष सदस्यहरूमा सपना काउचा, गंगा शर्मा र कमला पौडेल छन् ।
    निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक रूपनारायण शर्माले शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend