१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

महायज्ञमा बोलेको चन्दा रकम उठाउन ताकेता !


जनमञ्च संवाददाता
  • ७ चैत्र २०७९ , मंगलबार

  • महायज्ञमा बोलेको चन्दा रकम उठाउन ताकेता !

    बागलुङ, ७ चैत्र– १५ बर्षअघि सञ्चालन गरिएको महायज्ञमा बोलकबोल गरेको चन्दा रकम भुक्तानी नभएपछि शान्तिदिप बहुमुखी क्याम्पसले सूचनामार्फत भुक्तानीका लागि ताकेता गरेको छ ।
    बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा रहेको क्याम्पस सञ्चालनका लागि २०६४ सालमा भएको धन–धान्याञ्चल महायज्ञमा बोलकबोल गरेर बाँकी रहेको रकम भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत दाताहरुलाई ताकेता गरेको हो ।
    महायज्ञमा बोलकबोल गरेकामध्ये ५० जना दाताले रकम भुक्तानी गरेका छैनन् । एक करोड २३ लाख रुपैयाँ चन्दा बोलकबोल भएकोमा ९ लाख रुपैयाँ पन्ध्र बर्षमा पनि भुक्तानी नभएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चित्रप्रसाद चापागाईंले बताए ।
    ‘तीन हजारदेखि दुई लाख रुपैयाँसम्म बोलकबोल गरेका दाताले भुक्तानी गर्न बाँकी छ’ चापागाईंले भने ‘दाताहरुले समयमा भुक्तानी दिए दैनिक प्रशासन र क्याम्पसको शैक्षिक बिकासमा सहज हुने थियो ।’ समयमा बोलकबोल रकम भुक्तानी नहुँदा शैक्षिक गतिबिधिमा समेत प्रभाव परेको चापागाईले बताए ।
    महायज्ञबाट उठेको चन्दा रकमबाट क्याम्पस सञ्चालनका लागि भवन बनाईएको छभने १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । बोलेको रकम भुक्तानी नगर्नेहरुमा कुश्मीशेराका १८, दमेकका १२ र जैमिनी नगरपालिका बाहिरका २० जना छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend